• १२ मंसिर २०८१, बुधबार

विसङ्गतिको विरोध, व्यवस्थाको प्रवर्धन

blog

आधुनिक नेपालको सबै कालखण्डका क्रान्ति र आन्दोलनको साक्षीका रूपमा नेपाली पत्रकारिता रहेको छ । साक्षी मात्र पनि भनेर पुग्दैन होला, पत्रकारिता ती क्रान्ति र आन्दोलनको एउटा महत्त्वपूर्ण हिस्सेदार पनि बन्न पुगेको छ । क्रान्ति र आन्दोलनकै क्रममा कतिपय सञ्चार संस्थासमेत जन्मिएका छन् । । त्यसकारण नेपालको राजनीतिक परिवर्तन र मिडियाको सम्बन्ध एउटा शब्द वा वाक्य विशेषले मात्र व्याख्या गर्न पनि गाह्रो छ । मिडियाले आन्दोलनलाई सघाएको छ आन्दोलनले मिडिया जन्माएको पनि छ । आन्दोलनको सफलतालाई संस्थागत गर्ने पवित्र उद्देश्यले परिवर्तनसँगै मिडियाको सङ्ख्या पनि थपिने गरेको छ । 

सात सालको क्रान्तिको गर्वबाटै रेडियो नेपाल जन्मियो । क्रान्तिको सफलतासँगै दैनिक साप्ताहिक गरी दर्जनौँ पत्रिकाको प्रकाशन प्रारम्भ भयो । पञ्चायती कालखण्डमा पनि मिसन पत्रकारिताका लागि भन्दै थुप्रै पत्रिका जन्मिए । पञ्चायती कालखण्डमा राज्यको हस्तक्षेप भइरहँदा पनि पञ्चायत विरोधी पत्रिका सञ्चालन हुनु भनेको परिवर्तनको एउटा औजारका रूपमा पत्रकारिता क्षेत्र उभिँदै गयो भनेर निष्कर्ष निकाल्न सकिन्छ । ०४६ को परिवर्तनपछि त व्यावसायिक पत्रकारिताको अभ्यास आरम्भ गर्ने गरी निजी क्षेत्रबाट ठुलो लगानी नै हुन पुग्यो । ०६२÷६३ को आन्दोलनमा मिडियाको भूमिकाको राजनीतिक नेतृत्वले नै पटक पटक प्रशंसा गर्ने गरेको सुनिन्छ । माओवादी युद्धकालमा डोके रेडियोका अभ्यास गर्दैै समुदायस्तरमा रेडियोको महìव स्थापित भयो । परिवर्तनपछि तिनै तथा अन्य रेडियो प्रशस्त रूपमा सञ्चालनमा आउन थाले । अहिलेसम्म आउँदा राजनीतिक परिवर्तनको उपलब्धि स्वरूप सञ्चारमाध्यमको बाक्लो उपस्थिति हुन पुगेको छ । इन्टरनेटको प्लेटफर्म मार्फत पनि पत्रकारिताको अभ्यास निकै बढेको छ । नागरिकका लागि सूचनाका वैकल्पिक माध्यम समेत छ । छानी छानी सूचना पाउन सक्ने अवस्थाको समेत निर्माण भएको छ । 

विभिन्न खाले राजनीतिक परिवर्तनसँगै पत्रकारिताको आयाम पनि परिवर्तन भइरहेका छन् । खास गरी परिवर्तनका लागि भएका आन्दोलनलाई सघाउने र परिवर्तित राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने दायित्व निर्वाहमा नेपाली पत्रकारिता लागिरहेको छ । एउटा उदाहरणका रूपमा हेर्न सकिन्छ कि ०६२/६३को आन्दोलनको सफलतापछि नेपालले मौलिक ढङ्गले शान्तिप्रव्रिmयालाई अगाडि बढायो । द्वन्द्वका व्रmममा भएका हत्यासमेतका घटनाले समाजमा ठुलो प्रतिशोधको भावना सुसुप्त रूपमा रहेको थियो । घरमै, परिवारकै सदस्यकै अगाडि सदस्यको बलात्कार, हत्या भएका थुप्रै घटना थिए । भिडन्तमा मारिनेको सङ्ख्या पनि उत्तिकै थियो । द्वन्द्वसँग कुनै पनि रूपमा नजोडिएकाको पनि हत्या भएका प्रशस्तै घटना थिए । कुनै राजनीतिक विचार बोकेकै भरमा समाजमा गतिविधि गर्नै नपाउने अवस्था पनि थियो । परिवर्तन लगत्तै यस्तो परिवेशमा उकुसमुकुस भएकाले विद्रोह गर्ने, प्रतिशोध साध्ने र समाज नराम्रो ध्रुवीकरणमा जाने खतरा रहेको थियो । त्यतिबेला परिवर्तनसँगै जन्मिएका एफएम रेडियोसहितका सञ्चार माध्यमले एकरूपले शान्ति प्रव्रिmयालाई सघाउने गरी सामाजिक अन्तव्रिर्mयालाई जोड दिए । त्यस्ता अन्तव्रिर्mयामार्फत नागरिकले सञ्चारमाध्यममा आफूलाई अभिव्यक्त गर्न सके । त्यस्ता अभिव्यक्तिले पीडामा रहेकालाई समेत केही शान्ति दियो । शान्ति पत्रकारिता भनेरै शान्तिको पक्षमा पत्रकारितालाई उभ्याइयो । समाजमा प्रतिशोध र घृणालाई निरुत्साहित गर्ने गरी मिडिया कन्टेन्ट निर्माण गर्ने प्रवृत्ति बन्यो । द्वन्द्वको घाउ बिर्सनका लागि प्रेरित गर्ने सामग्री नै मिडियाका प्राथमिकतामा पर्न थाले । मिडियाको यो भूमिकाले परिवर्तनलाई संस्थागत गर्ने मात्र होइन, त्यसको औचित्य पुष्टि गर्ने कामसमेत ग¥यो । 

यी सन्दर्भले के निष्कर्ष निकाल्न प्रेरित गर्दछन् भने, मिडिया सकारात्मक परिवर्तनको एउटा महìवपूर्ण औजार हो । मिडियाबाट प्रवाहित हुने तथ्यमा आधारित सूचनाले नागरिकले धारणा निर्माण गर्ने अवसर पाउँछन् र तथ्यका आधारमा निर्मित धारणाले समाजको सकारात्मक गतिलाई तीव्रता दिन मद्दत गर्दछ । आज पनि समाजलाई सही धारणा निर्माणका लागि योगदान दिनुपर्ने प्रमुख दायित्व बोकेर मिडियाले आफ्नो अभ्यास गर्दै छ । 

लोकतान्त्रिक शासन व्यवस्थामा मात्र प्रेसले निर्वाध रूपमा आफूलाई प्रस्तुत गर्न सक्छ भन्ने कुरामा संसार भर एक मत छ । नेपाली प्रेसले पनि हरेक राजनीतिक परिवर्तनमा आफूलाई एउटा बलियो हिस्सेदार बनाउँदै आउनुको अन्तर्य पनि यही मान्यतालाई आत्मसात् गरेरै हो । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो । लोकतन्त्रलाई परिणामदेही बनाउने सन्दर्भमा नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको आवश्यकता ठानियो । नेपाली प्रेसले त्यसलाई स्वीकार ग-यो र साथ दियो पनि । नेपाल पत्रकार महासङ्घले त संस्थागत निर्णय गरेर गणतन्त्रको पक्षमा उभिने प्रस्ताव ग-यो । यो पेरिफेरीबाट स्थापित गणतन्त्रलाई अझ सुदृढ र अहरणीय बनाउने दायित्वलाई प्रेसले आफ्नो दायित्व ठान्दै आएको छ । 

यद्यपि प्रेसका मुद्दा अझै बाँकी छन् । चुनौती सामना गर्दै नै प्रेस अगाडि बढिरहेको छ । प्रविधिको यो स्तरको विकासले थपिदिएको चुनौतीको सामना गर्ने र अवसरको भरपूर उपयोग गर्ने क्रम  सँगसँगै चल्दा केही अलमल देखिएका छन् । सङ्घीय गणतन्त्रात्मक व्यवस्थालाई सुनिश्चित गर्ने संविधान आइसक्दा पनि मिडियासँग सम्बन्धित कानुन संसद्ले अझै बनाउन सकिरहेको छैन । यो क्षेत्रको विकास, व्यावसायीकरणका लागि राज्यको महसुस हुने गरी भूमिका देखिएको छैन । निजी क्षेत्रबाट मिडिया क्षेत्रमा २० अर्ब लगानी भइसकेको अनुमान गरिन्छ र यहाँ ३० हजारको हाराहारीले रोजगारी पाइरहेको अड्कल छ । त्यो लगानीको सुरक्षा र रोजगारीको सुनिश्चितताका लागि राज्यको स्पष्ट नीति छैन । लोकतन्त्र र मिडिया हरेक कालखण्डमा एक अर्काका परिपूरक हुँदै आइरहँदाको अवस्थामा पनि प्रेसले अझै लोकतान्त्रिक राज्यले आफ्नो पनि अभिभावकत्व ग्रहण गरेको महसुस गर्न सकिरहेका छैन । सङ्घीयताका अभ्यास गर्ने क्रममा अझै पनि मिडियाले सङ्घीयताको पुर्णानुभूति गर्न सकिरहेको छैन । 

उता राजनीतिक क्षेत्र, जसले लोकतान्त्रिक गणतन्त्रको अभ्यास अगाडि बढाउने जिम्मेवारी बोकेको छ, त्यहाँ पनि प्रशस्त समस्या छन् । आदर्श विचार बोकेर राजनीतिक अभ्यासमा लागेकाको आदर्श विचलित बन्दै गएको छ । भ्रष्टाचार मौलाउँदै र सुशासन सुक्दै गएको छ । सबै नागरिकको समान हैसियत हुने र कोही पनि कुनै तर्कको आधारमा अतिरिक्त लाभान्वित नहुने कुराको सुनिश्चितता तथा सह अस्तित्व र सामाजिक सद्भावका आधारित शासन व्यवस्थाको परिकल्पना गरेर नै लोकतान्त्रिक गणतन्त्रको पक्षमा मुलुक जुरुक्क उभिएको थियो । अहिले त्यस्तो अनुभूति हुन सकिरहेको छैन । 

हामी अहिले गणतन्त्र दिवस मनाउँदै छौँ । यो बेलामा गणतन्त्रको १५ वर्षको निर्मम समीक्षा गर्दै यस व्यवस्थाप्रति नागरिकको बलियो विश्वास कसरी जगाउन सक्छौँ ? भन्ने कुरामा घोत्लिन जरुरी छ । राजनीतिक अभ्यास सही ढङ्गले नहुँदा नागरिकमा निराशा छाउँदै छ । यो निराशा बढ्दै जाने हो भने त्यसले लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने खतरा रहन्छ । यो कुरामा नेपाली प्रेस जत्तिको चिन्तित र सजग छ, त्यति चिन्ता राजनीतिक क्षेत्रलाई नभएको हो कि झैँ लाग्छ । नेपाली प्रेस स्पष्ट छ कि लोकतन्त्रिक गणतन्त्रको विकल्प खोज्न सम्भव छैन, यसै शासन व्यवस्थालाई परिस्कृत गर्दै लैजाने हो । त्यसकारण प्रेसको अवको भूमिका व्यवस्थाको पक्षमा र व्यवस्थाभित्रको विसङ्गतिको विपक्षमा हुने छ । 

राजनीतिशास्त्रीले राजनीतिलाई कला र विज्ञान दुवैका रूपमा परिभाषित गरेका छन् । विज्ञानले परिणाम दिन्छ र परिणाम निकाल्नका लागि कला चाहिन्छ भन्ने अर्थमा कला र विज्ञान दुवैका रूपमा राजनीतिलाई परिभाषित गरिएको हो । अहिलेको नेपाली राजनीतिमा कला पक्ष कमजोर भएको छ । जसले गर्दा राजनीतिले नागरिकलाई अपेक्षाकृत लाभ दिन सकिरहेको छैन । जसले गर्दा नागरिकमा असन्तुष्टि र निराशा बढ्दो छ । यही आधारमा व्यवस्था नै खराब भन्ने भाष्य स्थापित गर्ने तर्फ पनि कोही कोही लागिरहेको पाइन्छ । सामाजिक सञ्जालमार्फत यस्तो प्रयत्न व्यापक रूपमा हुँदै गएको छ । यो बेलामा प्रेसका मुख्य दुईवटा दायित्व रहन्छ छ । एउटा राजनीतिक अभ्यासलाई सही मार्गमा हिँडाउन उत्प्रेरित र दबाब दिने । अर्को भनेको व्यवस्थाका विरुद्धमा जबरजस्ती भाष्य स्थापित गर्ने प्रयासलाई चिर्दै तथ्यका आधारमा जनमत निर्माणका लागि भूमिका खेल्ने । 

गणतन्त्र दिवस मनाइरहँदा यसरी नै पत्रकारिता क्षेत्रले जस्तै गरी सबै क्षेत्रले अबको आफ्नो भूमिका के ? भनेर पहिचान गर्न सक्नु पर्दछ । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घले यतिबेला शुद्धीकरणको अभियान नै थालेको छ । सुधार आफैँबाट गर्नु पर्छ भन्ने मान्यतामा टेकेर यो अभियान थालिएको हो । सुध्रदैँ अरूलाई पनि सुधारको बाटो देखाउँदै जाने संस्कृतिको विकास गरेर हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई सही र परिणामदेही मार्गमा हिँडाउने सङ्कल्प गर्दै यो पटकको गणतन्त्र दिवस मनाउन प्रस्ताव गर्दछु । 

लेखक नेपाल पत्रकार महासङ्घका अध्यक्ष हुनुहुन्छ ।

  

Author

विपुल पोख्रेल