काठमाडौं, जेठ १३ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज (शनिबार) अपराह्नबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिनुहुने कार्यक्रम रहेको छ ।
सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
त्यस्तै, बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने छ ।