• ८ वैशाख २०८१, शनिबार

मण्डलामा नाटक 'बुद्ध र भिखारी' मञ्चन हुने

blog

काठमाडौं, जेठ १० गते । थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गतेबाट नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ । नेपाली लोककथामा आधारित यस नाटकलाई छायाँ (स्याडो) को माध्यमबाट देखाइनेछ ।  

चुलाभुली थिएटरको प्रस्तुति रहेको नाटकमा चेतन आङथुपोको नाट्य रूपान्तरण र अनिल सुब्बाको परिकल्पना र निर्देशन रहेको छ । यसअघि यो नाटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव र बुद्ध थिएटर फेस्टिभलमा मञ्चन गरिएको थियो ।

नाटकमा वेदना राई, प्रतिना राई, नवीन चन्द्र अर्याल, सुनिल तामाङ, रमिता राई, रूपेश लामा, गणेश ताण्डव,  सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगर लगायतको अभिनय छ । 

यो नाटक जेठ ३२ गतेसम्म मञ्चन हुनेछ ।