• १२ साउन २०८१, शनिबार

बाजुरामा ठुलो हावाहुरी, घरमा क्षति

blog

हावाहुरीका कारण रुख ढलेर भत्किएको बाजुराको बूढीगङ्गा नगरपालिका –१० सिगाडाका बीरबहादुर बुढाको घर । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ १० गते । बाजुरामा हिजो राति आएको हावाहुरीका कारण अधिकांश घरमा ठुलो क्षति पुगेको छ । गए राति ११ बजे चलेको हावाहुरीले बाजुराका बूढीगङ्गा नगरपालिका –१० सिगाडामा क्षति गरेको हो । 

सिगाडाका वीरबहादुर बुढाले भन्नुभयो, “हिजो राति चलेको हावाहुरीले सिगाडा गाउँमा रहेको पुरानो पीपल ढलेपछि मेरो घरमा क्षति भएको छ ।” उहाँले भन्नुभयो, “खाना खाएर सबै घरपरिवार सुतेको समयमा राति चलेको हावाले घरमाथि पीपलको रुख ढलेपछि घर भत्किएको भए पनि मानवीय क्षति भने भएको छैन ।”

हावाहुरीले बाजुराका विभिन्न ठाउँका घरका छाना उडाएको छ । बाजुराको त्रिवेणी खप्तड छेडेदह गाउँपालिका लगायतका विभिन्न ठाउँमा हावाहुरीका कारण घरमा ठुलो क्षति पुगेको स्थानीयको भनाइ छ । गए रातिको हावाहुरीले मानवीय क्षति भने नभएको तर घरका छाना उडाएर बिचल्ली बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यो पनि पढ्नुहोस

हावाहुरीले छाना उडायो, पशुचौपाया मरे