काठमाडौं, जेठ २ गते । सर्वोच्च अदालतमा कैलालीको टीकपुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशमलाल चौधरीको मुद्दाको सुनुवाइ जारी रहेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको छ ।
यसअघि सोमबार न्यायाधीशद्वय भट्टराई र सुवेदीको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखेको थियो ।
कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसला त्रुटिपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पुनरावेदन गरिएको थियो ।
वि.सं. २०७९ माघ २२ गते न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोज शर्माको इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको थियो । हाल चौधरी डिल्लीबजार कारागारमा रहनुभएको छ ।