घोराही समाचारदाता
घोराही, जेठ २ गते । विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएपछि धेरै विद्यार्थीलाई पठनपाठनमा सहजता भएको छ । विद्यालयले विद्यार्थीलाई बार अनुसार फरक फरक खाजा खाउने गरेको छ । जस अनुसार आइतबार हलुवा, सोमबार चना, मङ्गलबार खिर, बुधबार चिउरा-पुलाउ, बिहीबार खिचडी-चिउरा र शुव्रmबार अन्डा खुवाउने गरेको माध्यमिक विद्यालय रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेले बताउनुभएको छ ।
प्रधानाध्यापक न्यौपानेले दिवा खाजा कार्यव्रmमले विद्यार्थीलाई विद्यालयमा नियमित गर्न सघाएको बताउनुहुन्छ । प्रधानाध्यापक न्यौपानेले भन्नुभयो, “आर्थिक रूपमा विपन्न घरका विद्यार्थीलाई खाजा कार्यव्रmमले सहयोग गरेको छ ।