• ६ जेठ २०८१, आइतबार

साताका सात तस्बिर

blog

वैशाख २८ गते बिहीबार भद्रकाली परिसरबाट सूर्य अस्ताउँदै गर्दा शहीद गेट र धरहरालाई फ्रेममा राखेर कैद गरिएको दृश्य । तस्बिरः विकाश द्वारे


नुवाकोटको तारकेश्वर गाँउपालिका–६ स्थित भमरा फाँट । यस फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रुपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा विस्तार गरिएको छ । तस्बिरः रामहरि न्यौपाने/रासस


वैशाख २५ गते सोमबारको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न सभामुखले समय नदिएको भन्दै लुगा खोलेर विरोध जनाउँनुहुँदै प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह । तस्बिर : सुजन गुरुङ


सङ्खुवासभा र तेह्रथुमका सिमानामा रहेको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको लिम्बु संस्कृति झल्काउने चोत्लुङ पार्क  । चोत्लुङ पार्कमा लिम्बुको संस्कार संस्कृतिसम्बन्धी सबै सामग्री सङ्ग्रहित गरिएको छ । तस्बिरः भविन कार्की/रासस


आकाशबाट खिचिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य । तस्बिरः प्रदीपराज वन्त/रासस 



वैशाख २४ गते आइतबार गोरखापत्रको १२३ औं वार्षिकोत्सवको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, साथमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, फोटोग्राफी विभागका प्रमुख रामप्रसाद हुमागाईंलगायत । तस्बिर : सुजन गुरुङ



नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बुधबार जिल्ला प्रहरी परिषद टेकुबाट जिल्ला अदालत काठमाडौंमा लाँदै प्रहरी । तस्बिर : कविन अधिकारी