• १४ मंसिर २०८१, शुक्रबार

वर्तमान आर्थिक अवस्थाबारे सङ्गोष्ठी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २९ गते   प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशको वर्तमान आर्थिक अवस्थाका बारेमा चिन्तन गर्दै अर्थ सङ्गोष्ठी कार्यव्रmमको आयोजना गरेको छ । परिषद्ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको भौतिक शास्त्र विभागमा नेपालको अर्थतन्त्र ः चुनौती र समाधान विषयक एकदिवसीय अर्थ सङ्गोष्ठी कार्यव्रmमको आयोजना गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, योजना आयोगका सदस्य, पूर्वगभर्नर र राष्ट्र बैङ्कका सदस्यहरूलाई सहभागी गराएर नेपालको वर्तमान आर्थिक अवस्था, देखिएका समस्या र चुनौती तथा समाधानका बाटो के कस्तो छ भनी कार्यपत्र प्रस्तुत गरेर एकदिवसीय अर्थ सङ्गोष्ठी कार्यव्रmमको आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।

कार्यक्रम त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल प्रमुख अतिथिका रूपमा उपस्थिति भई औपचारिक रूपमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको एकदिवसीय अर्थ सङ्गोष्ठीमा नेपाल राष्ट्र बैङ्क अनुसन्धान शाखाका निर्देशक डा. प्रकाश श्रेष्ठ र योजना आयोगका सदस्य प्राडा रमेश पौडललगायतले बजेट निर्माणको पूर्वसन्ध्या र अर्थतन्त्रको कमजोरी अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको अर्थ सङ्गोष्ठी अत्यन्तै समय सान्दर्भिक र महŒवपूर्ण भएको कुरा बताउनुभएको थियोे ।

दुईवटा सत्रमा विभाजन गरी आयोजना गरिएको सङ्गोष्ठीमा अर्थशास्त्र विभागका विभागीय प्रमुख प्राडा शिवराज अधिकारीले नेपालको अर्थतन्त्र ः चुनौती र समाधान भन्ने शीर्षकमा बृहत् कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । 

उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल र योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा पृथ्वीराज लिगलज्यूले कार्यपत्र अत्यन्तै सराहनीय तथ्यपरक भएको र यसले देशको वर्तमानमा अर्थतन्त्र कस्तो अवस्थामा रहेको छ भन्ने कुरालाई प्रस्ट देखाएको बताउनुभएको थियोे ।

देशको वर्तमान अर्थतन्त्रलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालय भौतिक शास्त्र विभागमा आयोजना गरिएको अर्थ सङ्गोष्ठी कार्यव्रmममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल, योजना आयोगका माननीय सदस्य डा. रमेश पौडेल, नेपाल राष्ट्र बैङ्कका अनुसन्धान विभागका निर्देशक डा. प्रकाश श्रेष्ठ, विद्यार्थी परिषद्का राष्ट्रिय उपाध्यक्ष एवं कार्यव्रmम संयोजक अच्युत पन्त, परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पङ्गेनी, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण, कार्यपत्र प्रस्तुतकर्ताका रूपमा अर्थशास्त्र विभागका विभागीय प्रमुख प्राडा शिवराज अधिकारी, टिप्पणीकर्ताका रूपमा प्राडा पृथ्वीराज लिगल, प्राडा योगेश रञ्जित, प्राडा रामजी गौतम, परिषद्का राष्ट्रिय सङ्गठन सचिव नारायणप्रसाद ढकाल, सहसङ्गठन सचिव रमेश कँडेललगायतको उपस्थिति रहेको थियोे ।