काठमाडौं, वैशाख २६ गते । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ ।
भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा आयुब र रुपेशले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिनुभयो ।
विश्व मिक्स बक्सिङ महासंघले आयोजना गरेको प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौलसमूहमा स्वर्ण जित्नुभएको हो ।