• १२ मंसिर २०८१, बुधबार

प्रशासनद्वारा मिटरब्याज पीडितबाट निवेदन माग

blog

जिल्ला प्रशासन कार्यालय कैलालीको कार्यालय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख १६ गते । जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटरब्याज) पीडितबाट निवेदन माग गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भएबमोजिम पीडितहरूको नाम सङ्कलन गर्ने उद्देश्यले प्रशासनले निवेदन माग गरेको हो । 

पीडितहरूले निःशुल्क निवेदन लिएर वैशाख १७ देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयको कर्मचारीको सहयोगमा निःशुल्क फाराम भर्नसक्ने जनाइएको छ । पीडितहरूले ब्यहोरा खुलाई आफूसँग भएको सबै सबुत प्रमाणसहित तोकिएको ढाँचामा फाराम भर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । 

विगतमा निवेदन दिएकाहरूले पनि यो फाराम भर्नुपर्ने उहाँको भनाइ छ । प्रशासनले यसअघि पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको थियो । सो अवधिमा करिब ९६ जनाले उजुरी दिएको जोशीले जानकारी दिनुभयो ।