• २७ पुस २०८१, शनिबार

बढ्दै औलोको जोखिम

blog

प्युठान समाचारदाता

प्युठान, वैशाख १३ गते ।  पछिल्ला वर्षमा औलोका बिरामी भेटिने दर बढ्दै गएको छ।  अघिल्लो वर्ष र यो वर्षमा तीन/तीन जना औलोका बिरामी भेटिएका छन्। जिल्लामा प्रत्येक वर्ष औलोका बिरामी भेटिनेको सङ्ख्या थोरै भए पनि औलोको जोखिम भने उच्च रहेको छ। स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले स्थानीय व्यक्तिमा भन्दा बाहिरबाट आउने व्यक्तिबाट औलो सर्ने गरेको बताउनुहुन्छ। स्वास्थ्य कार्यालयले अहिले औलोको परीक्षणलाई बढाएको जनाएको छ।  सबै स्वास्थ्य चौकीमा औलो जाँच गर्ने किट उपलब्ध भएको पाण्डेले बताउनुभयो। अघिल्लो वर्ष एक हजार १५२ जना र यो आर्थिक वर्ष ६६९ जना शङ्कास्पद बिरामीलाई औलो परीक्षण गरिएको कार्यालयको तथ्याङ्क छ।

यो आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी औलोका बिरामी भेटिएका छन्। एनोफेलिज जातको पोथी लामखुट्टेबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने पाण्डेको सुझाव  छ।