• १३ वैशाख २०८१, बिहिबार

आजदेखि फ्लोरा एक्स्पो

blog

काठमाडौँ, चैत १७ गते ।  काठमाडौँमा २४औँ फ्लोरा एक्स्पो शुक्रबारदेखि सुरु हुँदै छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यही चैत १७ गतेदेखि २० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा २४औँ फ्लोरा एक्स्पो गर्ने भएको हो ।  

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले २४औँ फ्लोरा एक्स्पो गर्न लागिएको जानकारी दिनुभयो । पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रूपमा पुष्प व्यवसायको विकास र प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको पनि उहाँको भनाइ छ । 

एक्स्पोमा ६२ वटा व्यावसायिक स्टल, ल्यान्डस्केपिङ तीनवटा, अफिसियल स्टल १०, प्रतियोगिता प्रदर्शनी तीन र दुईवटा फुड स्टलसहित ८० स्टल रहनेछन् । मेलाका संयोजक शिवबहादुर खड्काले मेलामा मौसमी फूल फूल्ने तथा नफुल्ने आलङ्कारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल बिक्री कक्षमा राखिनेछ ।