• १२ वैशाख २०८१, बुधबार

जर्मनीद्वारा युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान

blog

वर्लिन, चैत १४ गते । जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र  सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्याङ्क पठाइएको रक्षामन्त्री बोरिस् पिस्टोरियसले बताउनुभएको छ । गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गर्ने आश्वासन दिएको थियो ।

“हाम्रा युक्रेनी साथीहरूले ट्याङ्क प्राप्त गर्नुभएको छ , लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,” रक्षामन्त्री पिस्टोयिसले भन्नुभएको छ ।

किएभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर–२ ट्याङ्क पनि युक्रेन पुगेका छन् । गत वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो ।

बेलायतबाट आफूलाई लियोपार्ड–२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर–२ ट्याङ्क प्राप्त गरेको पुष्टि गरेको छ ।

बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेञ्जर–२ ट्याङ्क युक्रेन पुगेका जानकारी दिँदै युक्रेनी सैन्य टोलीले ट्याङ्क सञ्चालनको तालिम बेलायतमा लिएको बताउनुभएको छ । यद्यपि उहाँले लियोपार्ड–२बारे कुनै जानकारी दिनुभएन । रासस/एएफपी