• १३ मंसिर २०८१, बिहिबार

मगर दिवसमा सार्वजनिक बिदा

blog

रेखीराम राना/रमेश विश्वकर्मा

पाल्पा/गुल्मी, फागुन १५ गते । पाल्पाका दश वटै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । मगर समुदायको एकता दिवस परेको भन्दै जिल्लाका दुई नगरपालिकासहित दश स्थानीय तहले स्थानीय बिदाको घोषणा गरेका हुन् ।

नेपाल मगर सङ्घ स्थापनाको ४१ औँ मगर दिवस जिल्लाभर विविध कार्यक्रमसहित मनाइँदै छ । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा उनीहरूले आफ्नो भाषा, कला, संस्कृति संरक्षणका लागि विविध कार्यक्रम गर्दै ४१ औँ राष्ट्रिय मगर एकता दिवस मनाउन लागेको सङ्घका जिल्ला अध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो । 

त्यसै गरी गुल्मी जिल्लाका तीन स्थानीय तहले (सोमबार) आज सार्वजनिक बिदा दिएका छन् ।राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट, काली गण्डकी र सत्यवती गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै बिदा दिएका हुन् ।
बिदामा वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा सङ्घ संस्थाहरू बन्द रहनेछन् ।