• १५ मंसिर २०८१, शनिबार

आठ दलको बैठक बालुवाटारमा

blog

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता। तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, फागुन १४ गते। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। 

बैठकमा सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी हुनुहुन्छ। बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।