• १२ वैशाख २०८१, बुधबार

फोहोरबाट मल उत्पादन

blog

काठमाडौँ, फागुन १२ गते । काठमाडौँ महानगरपालिकाले सङ्कलित कुहिने फोहोरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन सुरु गरेको छ । महानगरको कृषि तथा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले महानगरको टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनमा बिहीबारबाट कम्पोष्ट मलको परीक्षण उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार करिब १२ टन कुहिने फोहोरबाट कम्पोस्ट मलको उत्पादन सुरु गरिएको हो । फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न करिब एकदेखि तीन महिनासम्मको समय लाग्ने गर्दछ । 

प्रत्येक वडास्तरबाट नै कम्पोस्ट मल उत्पादन गर्ने योजना महानगरको रहेको बताउँदै उहाँले अब छिट्टै नै फोहोर विसर्जन गर्दै आइएको बन्चरेडाँडाबाट समेत कम्पोस्ट मलको उत्पादन सुरु गरिने जानकारी दिनुभयो । कम्पोस्ट मल उत्पादनको लागि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याइने अभियानलाई कडाइका साथ कार्यान्वयन गर्नुुपर्ने बताउँदै विभाग प्रमुख श्रेष्ठले कम्पोस्ट मल उत्पादनमा महानगरपालिकाले वडालाई उपकरण र भाँडो खरिदमा सघाउने जानकारी दिनुभयो ।