• १३ साउन २०८१, आइतबार

देशको राजनीतिलाई ठीक दिशामा लाने विकल्पमा जानुपर्छ : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, फागुन ११ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको वर्तमान राजनीति ठीक दिशामा लानुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सञ्चारकर्मीको राष्ट्रपतिको उम्मेदवार सम्बन्धमा सोधिएको जिज्ञासामा अध्यक्ष नेपालले भन्नुभयो, “कुरा चलिरहेको छ । आज, भोलिसम्म छलफल चल्छ ।”

यसैगरी, पुरानो गठबन्धन ब्युँताउने भन्ने प्रश्नमा उहाँले देशको राजनीतिलाई ठिक दिशामा लानसक्ने विकल्पमा जानुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “अनेक अप्सनहरू छन् । ती मध्ये वेस्ट अप्सन के हुन्छन्, जुन अस्पसनले देशको राजनीतिलाई ठिक दिशामा लान सक्छ र देशको संविधान जोगाउन, राष्ट्रियता जोगाउने भूमिका खेल्छ, त्यो अप्सनमा जानुपर्छ ।”

उहाँले अहिलेको अवस्थामा देशको संविधान र राष्ट्रियता जोगाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभएको हो । यसबाहेक राष्ट्रपति पद कुन व्यक्ति वा कुन पार्टीले पाउनेभन्दा पनि अहिलेको समस्या सम्बोधन गर्नुपर्ने मुख्य कुरा रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “त्यसो हुनाले कसले पाउने, कुन व्यक्तिले पाउने वा कुन पार्टीले पाउनेभन्दा पनि कसरी देशको समस्यालाई सम्बोधन गर्ने कुरा हो ।”