• १३ साउन २०८१, आइतबार

लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरद्वारा शपथ ग्रहण

blog

लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरलाई शपथ ग्रहण गराउनुहुँदै प्रदेश प्रमुख अमिक शेरचन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर,फागुन ८ गते ।
लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्री नियुक्त गर्नुभएका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज (सोमबार) प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनुभएको हो ।

यसअघि गत माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त हुनुभएका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री गिरीले अहिरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिनुभयो ।