• १३ मंसिर २०८१, बिहिबार

आयुर्वेद अस्पतालको भवन निर्माण

blog

तानसेन समाचारदाता

पाल्पा, फागुन ८ गते । रामपुरमा आयुर्वेदिक अस्पतालको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको ११ करोड ३३ लाख ४९ हजार रुपियाँ लागतमा सो अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण भएको हो ।   १५ शøया सञ्चालनका लागि तीनतले भवन निर्माण गरिएको हो । नयाँ भवनमा कार्यालय कोठा, भान्छा, योगा हल, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, बैठक हल, प्रयोगशाला कक्षलगायतका ६८ कोठा छन् । 

यस क्षेत्रका सर्वसाधारणलाई आयुर्वेदिक औषधसम्बन्धी सेवा दिने उद्देश्यले भवन निर्माण गरिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख विदुर खड्काले जानकारी दिनुभयो । 

अस्पताल सञ्चालनपछि पाल्पाको रामपुर, पूर्वखोला, निस्दी, रम्भा गाउँपालिका, स्याङ्जाका चापाकोट, वालिङलगायतका क्षेत्रका नागरिकलाई औषधि उपचार सेवा लिन सहज हुनेछ ।

आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेकाले यो अस्पतालमा सेवाग्राहीको भीड लाग्ने गरेको छ । डेढ वर्षभित्र सकिने गरी २०७६ साल पुसदेखि अस्पताल भवन निर्माण सुरु गरिएको हो । भवन बनेपछि रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सरकारको नीतिअनुसार १५ श-याको अस्पताल रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।  रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगर सरकारको आन्तरिक स्रोत कम भएकाले अस्पताल स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउनुपर्ने बताउनुभयो । 

रामपुरमा २०१७ सालमा रामपुर आयुर्वेद औषधालय स्थापना भएको थियो । औषधालय २०२९ सालमा लुम्बिनी अञ्चल औषधालयका रूपमा सञ्चालनमा आए पनि २०४३ पछि रामपुर आयुर्वेद औषधालय बनेको हो ।  आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका चिकित्सकको दरबन्दी छ । यसमा डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीलगायतले सेवा दिनेछन् । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट इमर्जेन्सी, एक्स–रे, ल्याबलगायतका सेवा सञ्चालन गरिने अस्पतालका प्रमुख चेमनप्रकाश पोखरेलले जानकारी दिनुभयो ।