• १० मंसिर २०८१, सोमबार

पिचले साथ दिँदा लगातार जित निकाल्न सकेका हौँ : ज्ञानेन्द्र मल्ल

blog

नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल । तस्बिर : क्यान

काठमाडौं, फागुन ६ गते। नामिबियाविरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको बताउनुभएको छ। 

शनिबार नामिवियाविरुद्ध  ज्ञानेन्द्र र आसिफले कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याएको खेलमा पूर्वकप्तान ज्ञानेन्द्रले पिचले साथ दिएको प्रतिक्रिया दिनुभएको हो। यस्तै उहाँले नयाँ प्रशिक्षककाे प्रशिक्षणमा पनि टोलीमा राम्रो प्रदर्शन भएको बताउनुभयो। 

ज्ञानेन्द्रले पहिलेभन्दा अहिलेको विकेट धेरै राम्रो भएको विगतभन्दा अहिले खेलाडीमा परिपक्वता बढेको बताउनुभयो। उनले पहिलो खेलबाट प्राप्त नतिजाले लगातारका खेलमा सुखद नतिजा निकाल्न सहयोग मिलेको बताउनुभयो। लगातारको जितले आत्मविश्वास बढेको र ड्रेसिङ रुममा प्रशिक्षकले मिलाएको सहजताका कारण पनि ब्याटिङमा सुधार भएको ज्ञानेन्द्रले बताउनुभयो।

यस्तै आसिफ शेखले टिमभित्रको वातावरण राम्रो भएको र खेलाडी अहिले ठूलो टार्गेट पूरा गर्न सकिरहेको बताउनुभयो। अघिल्लो दुई खेलमा आफ्नो ब्याट चल्न नसकेको दुःखी देखिएका आसिफले शनिबारको खेलमा रन बनाउन सक्दा खुसी लागेको प्रतिक्रिया दिनुभयो। नेपालले लगातार जित निकाल्दा प्रशिक्षक मोन्टी देशाईको भूमिका निकै राम्रो भएको बताउनुभयो।

ओपनर आसिफ सेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारीमा नेपालले शनिबार नामिबियामाथि तीन विकेट जित निकाल्दै त्रिकोणात्मक शृङ्खलामा पहिलो पटक लगातार तेस्रो जित निकालेको छ। यसले नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना कायमै रहेको छ।