• ७ जेठ २०८१, सोमबार

पाँचथरमा साहित्य र सांस्कृतिक महोत्सव (फोटो फिचर)

blog

राधा लुइटेल 

फिदिम, माघ २८ गते। पाँचथरको फिदिम नगरपालिका ६ सिवामा आयोजित साहित्यिक सांस्कृतिक महोत्सव सकिएको छ। महोत्सव १८८२ सालदेखि लाग्दै आएको अर्थे मेलाका अवसर पारेर यहाँको अर्थे युवा क्लबले आयोजना गरेको हो। 

महोत्सव शनिबार सकिएको हो। महोत्सवमा लिम्बू, राई र मगर समुदायमा आधारित सांस्कृतिक नृत्यसँगै रैथाने भाषामा कविता र गजल प्रस्तुत गरिएको थियो। महोत्सवमा जातीय संस्कृतिमा आधारित भेषभुषामा लिम्बू जातीको च्याब्रुङ राईको साकेला सिलीसँगै  मगर जातीमा आधारित हुर्रा र कौडा प्रस्तुत गरिएको थियो।

यो सँगै लिम्बू संस्कृतिमा आधारित पाःलाम सँगै कविता गजल जस्ता विधामा साहित्यिक सिर्जना प्रस्तुत गरिएको साहित्य तथा सांस्कृतिक महोत्सवका संयोजक सन्देश सुब्बाले जानकारी दिनुभयो। महोत्सवमा नृत्य प्रस्तुत गर्ने कलाकारसँगै लामो समयदेखि कला साहित्य र संस्कृतिमा योगदान पुर्‍याएका चारजना अग्रजलाई सम्मान गरिएको छ।