• ७ जेठ २०८१, सोमबार

साताका सात तस्बिर

blog

पर्वतको कुश्मास्थित ज्ञादीको अधिकारी फाँटमा गहुँबालीको हरियाली र पहेँलपुर तोरीबाली। तस्बिर : सुमनजङ्ग थापा, रासस


मंगलबार काठमाडौंको मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काउँदै काठमाडौं महानगरपालिकाको डोजर। तस्बिर : सुजन गुरुङ 


सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधनका क्रममा अभिवादन आदान प्रदान गर्नुहुँदै  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: सुजन गुरुङ 


उपल्लो डोल्पाको छार्काताङसुङ गाउँपालिका–१ र २ मा अवस्थित छार्काभोट क्षेत्र। बढी  चिसो हुने भएकाले यहाँ होचा घर निर्माण गरिएका छन् भने चिसो मौसममा मानिस कम बसोबास गर्छन्।  तस्बिर : हेमन्त केसी/रासस



नुवाकोटको विदुर नगरपालिका–६ स्थित एक हजार पाँच सय कैदीबन्दी क्षमताको निर्माणाधीन केन्द्रीय कारागार। तस्बिर : रामहरि न्यौपाने/रासस


कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा पर्यटकको आकर्षणका लागि कृत्रिम ताल निमार्ण गरिँदै। महाकाली पुलको वारीपारी दुई वटा कृत्रिम ताल निर्माण गर्न लागिएको हो। तस्बिर : महादेव अवस्थी, रासस 


सुर्खेतको वीरेन्द्रनगर–१५ डल्लेखालीबाट  शुक्रबार देखिएको अस्ताउँदै गरेको सूर्य। तस्बिर: सुरेश आचार्य, रासस