• ११ मंसिर २०८१, मङ्गलबार

म्युजिक भिडियो सहित 'लोसार मेला' बजारमा

blog

काठमाडौँ, माघ १२ गते । हिमाली बौद्धमार्गीहरुले मनाउने लोसार पर्वको अवसर पारेर 'लोसार मेला' बोलको गीत बजारमा ल्याएको छ । लोसार पर्व उत्सवका क्रममा मेलाहरू पुगेर माया लगाउने गीतको मुख्य बोल छ । 

हेरी रहुँ लाग्ने, बोली रहुँ लाग्ने  

तिमी र म भेट भा बेलामा 

माया जाल हान्दिऊँ कि ....

यो लोसार मेलामा .......

भेट भा को बेलामा ......

यो लोसार मेलामा ......


हिमाली संस्कृति झल्किने गरी तयार पारिएको म्युजिक भिडियोसहित शेर्पा फिल्मको युटुब च्यानलमार्फत मङ्गलवार गीत सार्वजनिक भएको छ । कोङपो, तोला, सोनाम र ग्याल्पो लोसार गरी चार वटा लोसार बौद्धमार्गीले मनाउने गर्छन् । यसै अवसर पारेर गीत मनोरञ्जनात्मक शैलीमा बजारमा सार्वजनिक भएको छ । 


माया जाल हान्दिऊँ कि ए कान्छी यो लोसार मेलामा गीतको मुख्य लय हो । दावा के शेर्पाको रचना तथा लय रहेको गीतमा दावा के र पल्मु शेर्पाले स्वर दिनुभएको छ भने म्युजिक भिडियोलाई साङ्गे शेर्पाले निर्देशन गर्नुभएको हो । 

म्युजिक भिडियोमा पर्वतारोही गाइड लाक्पा शेर्पा, कलाकारहरू कर्मा शेर्पा र कुङगा शेर्पा, मिङमा डोल्मा शेर्पा आङफुली शेर्पा, मिङमा शोनाम शेर्पा, मिङमा गेलु शेर्पा र डिजे सोनामले अभिनय गर्नुभएको छ । भिडियो युद्ध लामाको कोरियोग्राफी र क्यामेराकर्म भूपेन्द्र तुम्बाहाम्फेले गर्नुभएको थियो ।