• ११ मंसिर २०८१, मङ्गलबार

पासोमा परेको चित्तलको उद्धार

blog

धनगढीस्थित भेटेरीनरी अस्पतालमा चित्तलको उपचार गरिदैं । तस्बिर : घनश्याम भण्डारी

अविनाश चौधरी

धनगढी, माघ ११ गते । कैलालीको गोदावरी –१ स्थित जङ्गलमा सिकारीले थापेको पासोमा परी घाइते भएको चित्तलको उद्धार गरिएको छ । स्थानीय र वनकर्मीको टोलीले चित्तलको उद्धार गरेको हो । 

पासोमा परेका कारण चित्तलको शरीरमा घाउ छ । घाइते चित्तलको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा औषधि उपचार भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी डबलबहादुर बोहराले जानकारी दिनुभयो । 

उहाँका अनुसार पासोमा परेको अवस्थाबाट सोमबार चित्तलको उद्धार गरिएको थियो । ‘उद्धार गरेर ल्याइएको चित्तललाई सुरक्षा शाखामा राखिएको थियो’ बोहराले भन्नुभयो । कैलालीको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकार भइरहेको स्थानीय प्रशासनको भनाइ छ ।