• १६ चैत २०८०, शुक्रबार

तस्बिरमा सोनाम ल्होछार

blog

टुँडिखेलमा आयोजित सोनाम लोछारमा सहभागी तामाङ समुदायका युवती । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ८ गते। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको अवसरमा तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरेर ल्होछार मनाएका हुन्।  आजदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्षमा प्रवेश गरेको छ। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ।

ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभएको छ। तामाङ समुदायले टुँडिखेलमा तीन दिनसम्म ल्होछार महोत्सव मनाएको छ।

तस्बिर : मनोज रत्न शाही/केशब गुरुङ