• ८ वैशाख २०८१, शनिबार

पीएसजी रेनससँग पराजित

blog

रेनसविरुद्ध सट प्रहार गर्दै पीएसजीका केलियन एमबाप्पे ।

काठमाडौं, माघ २ गते । फ्रेन्च लिग वान फुटबलको शीर्षटोली पेरिस सेन्ट जर्मेन (पीएसजी) रेनससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनससँग उसैको मैदानमा १–० गोलले पराजित भयो ।

प्रतिस्पर्धात्मक खेलमा रेनसलाई जिताउन हामरी ट्राओरेले निर्णायक गोल गर्नुभयो । ट्राओरेले ६५औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । पीएसजीले गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

जितसँगै रेनस पाँचौँ स्थानमा उक्लिएको छ । रेनसले १९ खेलबाट ३७ अङ्क बनाएको छ । शीर्षस्थानमा यथावत् रहेको पीएसजीको १९ खेलबाट ४७ अङ्क छ । दोस्रो स्थानमा रहेको लेन्सको ४४ अङ्क छ । एजेन्सी