• १६ चैत २०८०, शुक्रबार

आर्सनलको सहज जित

blog

गोल गरेपछि खुशी मनाउँदै आर्सनलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, माघ २ गते । शीर्ष टोली आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टहामहाममाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा आर्सनलले टोट्टहामलाई उसैको मैदानमा २–० गोलले हरायो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले गोल गर्नुभयो ।

अर्को गोल आर्सनलले टोट्टहामहामबाट आत्मघाती उपहार पाएको थियो । १४औँ मिनेटमा बल बचाउने क्रममा टोट्टनहामका गोलरक्षक ह्युगो लोलिसको हातबाट फुस्किएर आत्मघाती गोल भएको थियो । त्यसपछि ३६औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउनुभयो ।

जितसँगै आर्सनलले शीर्षस्थानमा आठ अङ्कको अग्रता बनाएको थियो । शीर्ष टोली आर्सनलले १८ खेलबाट ४७ अङ्क बनाएको छ । पराजित टोट्टनहाम ३३ अङ्कसहित पाँचौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३९ अङ्क छ । सोमबार राति नै भएको अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० र न्युक्यासलले फुलहामलाई १–० गोलले हरायो । एजेन्सी