• १३ असोज २०८१, आइतबार

दक्षिण कोरियाको भिसा शुल्क वृद्धि

blog

काठमाडौँ, पुस २२ गते । दक्षिण कोरियामा रोजगारी वा अध्ययनका लागि जानेको हकमा पहिले तिर्दै आएको भिसा शुल्कमा केही वृद्धि भएको छ । नेपालस्थित दक्षिण कोरियाली दूतावासले यही जनवरी १ देखि लागू हुने गरी भिसा शुल्कमा छ सय रुपियाँ वृद्धि गरेको जनाएको छ । 

रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले दक्षिण कोरियामा ९० दिनभन्दा बढी समय बस्ने गरी जाने सबैको हकमा छ सय रुपियाँ बढेको हो । पहिले सात हजार दुई सय रुपियाँ शुल्क लिँदै आएकोमा अहिले बढेर सात हजार आठ सय रुपियाँ पुगेको छ ।