• ११ मंसिर २०८१, मङ्गलबार

बेलायती महोत्सवमा नेपाली वृत्तचित्र ‘को–हजबेन्ड’

blog

काठमाडौँ, पुस २२ गते । बहुपति प्रथाको विषयमा बनेको वृत्तचित्र ‘को–हजबेन्ड (सहायक श्रीमान्) बेलायतको महोत्सवमा छनोट भएको छ। बेलायतको लन्डन माउन्टेन चलचित्र महोत्सवमा छनोट भएको वृत्तचित्रले अन्तर्राष्ट्रियस्तरमा थुप्रै अवार्ड जितिसकेको छ। ३५ मिनेटको वृत्तचित्रलाई शारदा गैरेले निर्माण गर्नुभएको हो। 

कर्णाली प्रदेश हुम्लाको भरगाउँमा छायाङ्कन गरिएको वृत्तचित्रमा जेठो दाजुलाई मुख्य श्रीमान् र भाइहरूलाई सहायक श्रीमान्का रूपमा देखाइएको छ। वृत्तचित्रले हुम्ला, डोल्पालगायतका हिमाली क्षेत्रमा रहिआएको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ।