गोरखापत्र समाचारदाता
काठमाडौं, पुस १० गते । नेपाल अपाङ्ग महिला सङ्घको २२ औँ साधारण सभा र ११ औँ अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सङ्घद्वारा राजधानीमा शनिवार आयोजित अधिवेशनबाट टीका दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
सङ्घको अध्यक्षमा टीका दाहाल, उपाध्यक्ष मिना पौडेल, महासचिव देबु पराजुली, सचिव सुनिता थापा, कोषाध्यक्ष शोभा विष्ट चयन हुनुभएको छ । सदस्यहरूमा कल्पना ढकाल, रश्मि अमात्य, सुनिता थापा मगर, दिल (दिपा) कुमारी देवकोटा, चिजमाया बिक र डम्मरी भट्ट चयन हुनुभएको अध्यक्ष टीका दाहालले जानकारी दिनुभयो ।
सो सङ्घले अपाङ्गता भएका महिलाको हक, अधिकार, क्षमता अभिवृद्धि, नेतृत्व विकास, आय आर्जनका लागि सीप, कानुनी अधिकारमा पहुँचको लागि पैरवी गर्दै आएको छ भने हिंसाबाट प्रभावित अपाङ्गता भएका महिलाका लागि विगत १३ वर्षदेखि पुनर्स्थापना गृह समेत सञ्चालन गर्दैआएको छ ।