• १२ असोज २०८१, शनिबार

क्रिसमसको शुभकामना

blog

काठमाडौं, पु्स १० गते । गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । 

उहाँले दिनुभएको शुभकामना सन्देशमा सबै इसाई धर्मावलम्बीको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना दिनु भएको छ । 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ ।

विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्न र तिनीहरूको प्रवर्धन  गर्न सरकार सकारात्मक रहेको सन्देशमा उल्लेख छ ।