• १५ मंसिर २०८१, शनिबार

हवाई भाडा र उडानमा ‘कार्टेलिङ’ नगर्न ध्यानाकर्षण

blog

काठमाडौँ, पुस १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा र उडानमा हुँदै आएको ‘कार्टेलिङ’ नगर्न विमान कम्पनीहरूलाई ध्यानाकर्षण गराएको छ । आन्तरिक सेवा दिँदै आएका हवाई कम्पनीले आपसी मिलेमतोमा समान हवाई भाडा निर्धारण तथा उडान ‘मर्ज’ भइरहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनमा कडिकडाउ गर्न मन्त्रालयले ध्यानाकर्षण गराउनुका साथै निर्देशनसमेत दिएको छ ।

हवाई नीति–२०६३ मा न्यूनतम र अधिकतम सीमा तोकेर प्रत्येक उडानको हवाई भाडा सरकारले तोक्ने र त्यसको नियमन प्राधिकरणले गर्ने उल्लेख छ । तर आन्तरिक उडान गर्दै आएका हवाई कम्पनीले आपसी मिलेमतोमा हवाई भाडादर निर्धारण गरेको गुनासोका आधारमा सत्यतथ्य बुझ्न मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले अधिकार हनन नहुनेगरी उडान ‘मर्ज’ भए पनि निर्धारण गरिएको हवाई भाडाको विषयमा तोकिएको अधिकतम भाडाभन्दा बढी भाडा लिन नपाइने कानुनमा प्रस्ट रहेको र ‘कार्टेलिङ’ गरेको भेटिए हवाई कम्पनी कालाबजारी ऐनअन्तर्गत कारबाहीको भागेदार हुने बताउनुभयो ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले मन्त्रालयले निर्धारण गरेको हवाई भाडा प्राधिकरणले नियमन गर्दै आएको बताउनुभयो । हवाई भाडा मागका आधारमा भाडादर तल–माथि हुने भए पनि हवाई इन्धनका कारण महँगो देखिएको र