• २३ असार २०८१, आइतबार

बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट

blog

बाक्सिला बजारमा भएकाे आगलागी । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, ४ पुस गते । खोटाङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएको हो । 

सोमबार साँझ स्थानीय व्यवसायी दीपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङको सहित रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो ।

बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताउनुभयो । आगलागीमा व्यपार व्यवसाय सञ्चालन हुँदैआएका घरहरु जलेका हुन् ।

ढुङ्गामाटो र पानी हालेर स्थानीय र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।