मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर २९ गते । डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवानपुरले विद्यालय तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरी वातावरण शिक्षा नामक पुस्तक प्रकाशन गरी सार्वजनिक गरेको छ।
वन, वातावरण, वन व्यवस्थापन, वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, भूसंरक्षण, जलवायु परिवर्तन, जैविक विविधता, इको क्लब, हाइकिङ, ट्रेकिङलगायतका विषय पुस्तकमा समेटिएको छ।
विद्यालय तहका विद्यार्थीका लागि जानकारीमूलक एवं पठनीय सामग्री मकवानपुरको चेपाङ समुदाय र उनीहरूको जीवनसँग जोडिएको चिउरी, चमेरो, मकवानपुरमा विशेष अभियानका साध संरक्षित लोपोन्मुख अवस्थामा रहेको सालक र थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र विष्टले शैक्षिक क्षेत्रमा पु-याउनुभएको योगदानलाई पुस्तकमा लिपिबद्ध गरिएको छ।
डिभिजन वन कार्यालय राप्ती मनहरीका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले वन र वातावरण संरक्षणप्रति विद्यालय तहका बालबालिकाको चासो बढाउन र उनीहरूलाई वन व्यवस्थापनका बारेमा जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो।