• १४ मंसिर २०८१, शुक्रबार

सुन्धारामा अस्तव्यस्त ट्राफिक व्यवस्था (फोटो फिचर)

blog

सुन्धारा नयाँ सडक अगाडि लामो समय जाममा परेको सवारी साधन । तस्बिर : कविता थापा/अजय शर्मा

काठमाडौं, मङ्सिर २६ गते । काठमाडौं उपत्यकामा सोमबार दिउँसो ट्राफिक व्यवस्था अस्तव्यस्त देखियो । सुन्धारा नयाँ सडक अगाडि सवारी साधन लामो समय जाममा परेका थिए ।

मेलम्ची खानेपानी आयोजनाले वितरण गरेको पानीको चाप बढेपछि काठमाडौंको लैनचौर क्षेत्रमा पानीको पाइप फुटेर सडक जलमग्न भएको छ । जसले गर्दा उपत्यकाका  त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानिविभाग, टुकुचा, संग्राहलय दक्षिणगेट र लैनचौर चोकमा सवारी साधन जाममा परेका छन् । यस्तै, सवारी साधनको सङ्ख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन लाममा चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।