• २६ वैशाख २०८१, बुधबार

भोजपुर १ (ख) मा कांग्रेसका विनोद राई विजयी

blog

भोजपुर, मङ्सिर ११ गते । भोजपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार विनोद राई विजयी हुनुभएको छ ।

उहाँले १३ हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । राईका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवारले १२ हजार ८३६ मत प्राप्त गर्नुभएको छ ।