• १६ चैत २०८०, शुक्रबार

बर्दिया २ को (क)मा कांग्रेसका जन्मजय तिमिल्सिना विजयी

blog

बर्दिया, मङ्सिर ११ गते । बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ । तिमिल्सिनाले १७ हजार २५१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रदेशी चौधरीले १२ हजार १८४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार लहनु थारुले १० हजार ६४३ मत प्राप्त गर्नुभएको छ ।