• १६ चैत २०८०, शुक्रबार

धनुषा २ मा कांग्रेसका यादव र ३ मा एमालेका महतो विजयी

blog

धर्बेन्द्र झा
धनुषा, मङ्सिर ९ गते । 
प्रतिनिधि सभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं.२ र ३ को मतपरिणाम सार्वजनिक भएको छ ।

धनुषा क्षेत्र नं.३ मा नेकपा (एमाले) का उम्मेदवार जुली कुमारी महतो सत्ता गठबन्धनदलको तर्फबाट उम्मेदवार बन्नुभएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झाभन्दा नौ हजार ७०२ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

महतोले ३३ हजार ३८८ मत प्राप्त गर्नु भएको छ भने झाले २३ हजार ६८६ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, धनुषा क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव एमालेका उम्मेदवार उमाशङ्कर अरगरियाभन्दा १५७ मत बढी प्राप्त गरी विजयी हुनुभएको छ ।

यादवले २० हजार ११२ मत प्राप्त गर्नुभएको छ भने अरगरियाले १९ हजार ९५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याउनु भएको छ । निर्वाचन क्षेत्र नं.२ मा यी तिनै उम्मेदवारबीच सुरुवाती देखिनै कडा प्रतिस्पर्धा देखिए पनि कांग्रेसका उम्मेदवार यादवले विजयी हुनुभएको हो ।