• १४ मंसिर २०८१, शुक्रबार

लाइसेन्स आवेदन खुला हुने

blog

काठमाडौँ, मङ्सिर ९ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन मङ्सिर ११ गतेदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि बन्द गरेको अनलाइन आवेदन ११ दिनपछि खुला गर्ने भएको हो। 

विभाग र यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा खटिनुपर्ने भएकाले अनलाइन आवेदन, प्रयोगात्मक (ट्रायल) र लिखित परीक्षा बन्द गरिएको थियो। निर्वाचनको अवसरमा बन्द गरिएको प्रयोगात्मक (ट्रायल) र लिखित परीक्षा पनि खुला हुने भएको छ।