• १५ चैत २०८०, बिहिबार

कञ्चनपुर १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित

blog

लक्ष्मणदत्त पन्त  

महेन्द्रनगर, मङ्सिर ८ गते । कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा १ (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका दिवानसिंह बिष्ट बिजयी हुनुभएको छ । एमालेका उम्मेदवार पल्लबराज भट्टलाई हराउँदै बिष्ट निर्वाचित हुनुभएको हो । 

कांग्रेसका बिष्टले ८ हजार ५ सय २० मत पाउनुभएको छ । त्यस्तै, निकटतम प्रतिस्पर्धी भट्टले ७ हजार ६ सय ३ मत पाउनुभयो ।