• १३ वैशाख २०८१, बिहिबार

कालीकोट प्रदेश सभा (क) मा रावत निर्वाचित

blog

प्रेमराज सिम्खडा 

कालीकोट मङ्सिर ८ गते । कालीकोट प्रदेश सभा (क) मा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गवहादुर रावत बिजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार रावतले ९ हजार १२ मत प्राप्त गर्दै एमालेका कुर्मराज शाहीलाई पराजित गर्नुभएको हो ।शाहीले ७ हजार ९५२ मत प्राप्त गदै उपबिजेता बन्नुभयो । 

प्रदेश सभा (क) मा जम्मा मतदाता संख्या ३५ हजार ३५१ मा १९ हजार ९३२ मत खसेको थियो । यो जम्मा मतदाताको ५६ प्रतिसत हो । मुख्य निर्वाचन कार्यालय कालीकोटका सूचना अधिकारी प्रेमप्रकाश थापाले खसेको जम्मा मतको ९६ प्रतिसत मत सदर भएको र ४ प्रतिसत मत बदर भएको बताउनुभयो ।