• १३ असोज २०८१, आइतबार

फाल्गुनन्द जन्मजयन्ती : राष्ट्रपतिद्धारा शुभकामना सन्देश

blog

काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीका अवसरमा सबैमा सहिष्णुता, सद्‍भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिल्ने कामना गर्नुभएको छ। सो जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्‍वाससमेत व्यक्त गर्नुभएको छ।