• २७ वैशाख २०८२, शनिबार

कांग्रेसद्वारा भूकम्पले निधन भएकाप्रति दुःख व्यक्त

blog

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं, कात्तिक २३ गते। डोटीमा बुधबार गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएकोप्रति नेपाली कांग्रेसले दुः ख व्यक्त गरेको छ। बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले  ६ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुः ख व्यक्त गरेको हो।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले  विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको आत्माको चिर शान्तिका कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो। 

कांग्रेसले घाइतेको उचित स्वास्थ्योपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ। बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्पले केही घर भत्किदा ६ जनाको मृत्यु भएको हो।