• ११ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि निर्देशन

blog

काठमाडौँ, कात्तिक २३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘‘भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न आफ्नो सामाजिकसञ्जाल मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’’ 

घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठूलो क्षति पुर्‍याएको छ । मङ्गलवार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले यहाँसहित ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् ।

यो पनि पढ्नुहोस

भूकम्पपछि डोटी पूर्वी चौकी (फोटो फिचर)

सुदूरपश्चिमबासीलाई सतर्क रहन भूकम्पविद्को आग्रह

डोटी केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प