• १२ साउन २०८१, शनिबार

कांग्रेस–माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश

blog

नवप्रवेशी नेता कार्यकर्तालाई एमाले नेताहरु पार्टीमा स्वागत गर्नुहुँदै । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, कात्तिक २० गते । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले धनकुटाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । 

प्रवेश गर्नेहरुमा चौबिसे गाउँपालिका वडा –४ निवासी माओवादी केन्द्रका वडा समिति अध्यक्ष रोशन भण्डारी, सदस्य लक्ष्मी थापा, गाउँ समिति सचिवालय सदस्य मात्रिका घिमिरे, सदस्य रामकृष्ण भण्डारी रहनुभएको छ ।


त्यस्तै, नेपाली कांग्रे शहीदभूमि वडा ५ वडा समिति सचिव रविना राईसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय सदस्य एवम् धनकुटा इन्चार्ज राजेन्द्र राई, जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली, उपाध्यक्ष चिन्तन तामाङ्, सचिव निरन राईलगायतका नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभयो । उहाँहरुलाई ढाका टोपी, फूलमाला, अबिर लगाएर पार्टीमा स्वागत गरिएको धनकुटा एमाले प्रचार विभाग प्रमुख सावित्रा राईले जानकारी दिनुभयो ।