• ११ असोज २०८१, शुक्रबार

बेरोजगारी समस्या समाधान गर्छौं : नेता पौडेल

blog

छविलाल पाण्डे

बुटवल, कात्तिक १३ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री एवम् रुपन्देही २ बाट प्रतिनिधि सभाका उम्मेदवार विष्णु पौडेलले एमालेले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बेरोजगारी समस्या समाधानमा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ । 

एमाले निर्वाचन परिचालक कमिटी बुटवल –१३ को वडा स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्वोधन गर्दै पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच बनाउन शिक्षा क्षेत्रमा लगानी केन्द्रीत गर्ने प्रतिवद्धता जनाउनुभयो । 

पौडेलले नेकपा (एमाले) ले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै महंगो अस्पताल जानुपर्ने बाध्यताको अन्त्य गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो । पौडेलले भन्नुभयो– “शैक्षिक क्षेत्रमा अल्पकालीन र दीर्घकालीन तालिम सञ्चालन गरी रोजगारी सिर्जनाका अवसर जुटाउने छौं ।” 

शिक्षित जनशक्ति र स्वास्थ्य जनशक्तिको दृष्टिकोणले वेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर बनाएर यो क्षेत्रलाई नमूना बनाउन चाहेको उहाँको भनाइ छ । कार्यक्रममा रुपन्देही –२ (ख) का एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवलको विकासमा कहीँ कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।