• १९ वैशाख २०८१, बुधबार

नेपाली कांग्रेसको संकल्पपत्र सार्वजनिक हुँदै

संविधानको रक्षा र स्थिरता : काँग्रेसकै नेतृत्वमा अबको सरकार

blog

गोरखापत्र अनलाइन

ललितपुर, कात्तिक १२ गते । नेपाली कांग्रेसको आगामी निर्वाचनको सङ्कल्पपत्र अहिले केहीबेरमा सार्वजनिक हुँदैछ  । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामा आउने भएपछि सुरक्षा व्यवस्था पनि सुदृढ बनाइएको छ । कुल ५२ पृष्ठको घोषणापत्रको मुख्य नारा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार  : नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने रहेको छ । 

घोषणापत्र सार्वजनिक गर्न सबै तयारी पूरा भएको जानकारी घोषणापत्र निर्माण समितिका सदस्य डा. स्वर्णिम वाग्लेले दिनुभयो । घोषणापत्र निर्माण गर्न महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति बनेको थियो । 

ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयबाट अबको केही बेरमा घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सञ्चारकर्मीका लागि पठाइएकाे  निमन्त्रणापत्रमा  बिहान १० बजेकाे समय दिइएकाे छ ।