• ११ मंसिर २०८१, मङ्गलबार

नवनियुक्त प्रधानमन्त्रीद्वारा एकतामा जोड

blog

इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनी ।

रोम, कात्तिक ७ गते । इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गर्नुभएको छ । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उहाँले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गर्नुभएको हो ।

उहाँले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको थियो । उहाँलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गर्नुभएको थियो । सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ त्यसअघि गभर्नर हुनुहुन्थ्यो । उहाँ केही समयदेखि कामचलाउ प्रधानमन्त्रीका रुपमा रहनुभएको थियो ।

मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न  संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उहाँलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गर्नुभएको हो ।

उहाँ हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाउनुभएको छ र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गर्नुभएको छ । उहाँले आइतबार टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याह रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । रासस/सिन्ह्वा