• १६ भदौ २०८१, आइतबार

जापान र अष्ट्रेलिया रक्षा सहयोग बढाउन सहमत

blog

पर्थ, कात्तिक ५ गते । जापानी प्रधानमन्त्री फुमियो किशिदा र उहाँका अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजले एशिया-प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच दुई राष्ट्रबीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमत हुनुभएको छ ।

अष्ट्रेलियाको तीनदिने भ्रमणमा रहनुभएका किशिदाले अल्बानिजसँगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जापान र अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नियम र मापदण्डहरू उल्लङ्घन गर्ने देशहरूविरुद्ध कारबाही गर्न सहमत भएको  क्योडो समाचार एजेन्सीले उल्लेख गरेको छ ।

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै गर्दा चीनले ताइवानविरुद्ध आफ्नो सैन्य उत्तेजकतालाई तीव्र पार्ने चिन्ताका बीच उहाँहरूबीच सो सम्झौता  बाहिर आएको हो ।

पछिल्लो घोषणामा, किशिदा र अल्बानिजले पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेले वकालत गरेको ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ को महत्त्व  बारे पुनः पुष्टि गर्नेर खालको आशय अभिव्यक्त गर्नुभएको छ ।

सीको पुनः निर्वाचित भएपछि बेइजिङको कूटनीतिक नीति कसरी परिवर्तन हुन सक्छ भन्ने अध्ययनको विषय भएकाले दुई नेताले  सो घोषणामा उक्त विषयलाई कूटनीतिकरूपमा सम्बोधन गरेका छन् ।

सन् २००७  मा, आबे र तत्कालीन अष्ट्रेलियाका प्रधानमन्त्री जोन होवार्डले ‘साझा रणनीतिक चासो र सुरक्षा ख’ लाई मान्यता दिने कागजातमा हस्ताक्षर गर्नुभएको थियो । 

अष्ट्रेलियाको यात्रा अघि, किशिदाले शुक्रबार टोकियोमा पत्रकारहरू माझ, ‘जापानका लागि अष्ट्रेलिया महत्त्वपूर्ण राष्ट्र हो जससँग हामी स्वतन्त्रता र लोकतन्त्रका साथै रणनीतिक हितहरू जस्ता विश्वव्यापी मूल्य-मान्यतामा साझा विचार आदानप्रदान गर्छौं ।’ भन्ने टिप्पणी गर्नुभएको छ । 

क्योडो समाचार एजेन्सीका अनुसार जापानले अष्ट्रेलियाबाट प्राकृतिक ग्यास, फलाम र अन्य अत्यावश्यक स्रोतहरू आयात गर्ने गर्छ ।

यसअघि सिंगापुर पोस्टले जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र सिङ्गापुरले आफ्नो सैन्य बजेट र खर्च बढाउँदै आएको उल्लेख गरेको थियो ।

सेन्काकु टापुहरू (चिनियाँ भाषामा डियाओउ टापुहरू) मा चीनले गरेको दाबीप्रति जापानका मानिसहरूले पहिले नै असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

यसैबीच, किशिदाको सन् २०१८को अष्ट्रेलिया भ्रमणपछि जापानी प्रधानमन्त्रीको यो पहिलो  भ्रमण हो । उहाँले जनवरीमा अष्ट्रेलिया भ्रमण गर्ने योजना बनाउनुभएको थियो तर कोभिड–१९ महामारीपछि उहाँको भ्रमण रद्द गरिएको थियो । किशिदा अक्टोबर २०२१ मा प्रधानमन्त्री बन्नुभएको थियाे ।

अल्बानिजले पदभार ग्रहण गरेलगत्तै आयोजित क्वाड शिखर सम्मेलनका लागि गत मे महिनामा जापानको भ्रमण गर्नुभएको थियो । सेप्टेम्बरको अन्त्यमा उहाँ आबेको राजकीय अन्त्येष्टिमा भाग लिन टोकियोको यात्रामा निस्किनुभएको थियो । रासस/एएनआई