• १३ साउन २०८१, आइतबार

पहिरो पीडितलाई राहत वितरण

blog

नेपाल रेडक्रस शाखा मुगुको आयोजनामा पीडित लाई खाद्यान्न राहत उपलब्ध गराउँदै । तस्बिर: हरिकृष्ण ऐडी

मुगु, कात्तिक ५ गते ।   असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोबाट विस्थापितलाई राहत सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस शाखा कार्यालयले आयोजना गरी नेपाल रेडक्रस  जिल्ला शाखा मुगुले पहिरो पीडितलाई राहत सामाग्री वितरण गरेको हो ।

रेडक्रसले पहिलो चरणमा छायानाथ रारा नगरपालिका बडा नं. ११ का तल्लो सालिम गाउँका  ६२  घरधुरी लाई प्रति घरधुरीलाई चामल ३० केजी, दाल दुई केजी, मसला, चिनी, चियापत्ती लगायत खाद्यान्न सामाग्री उपलब्ध गराएको जनाएको छ ।

नेपाल रेडक्रस जिल्ला शाखाका मन्त्री रत्नसिङ  मल्लले जिल्लाका तीन वटा पालिका  खत्याड् गाउँ पालिका, सोरु गाउँ पालिका, छायानाथ रारा नगरपालिकाका पहिरोबाट प्रभावित भएका घरधुरी लाई राहत  चरणवद्व रुपमा वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

‘सम्बन्धित वडा कार्यालयको तथ्याङ्कको आधारमा बाढी पहिरोबाट  पीडित लाई खाद्यान्न तथा गैर खाद्य सामाग्री  राहतको रूपमा वितरण गर्ने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो । छायानाथ रारा नगरपालिका वडा नं – ११ की वडा अध्यक्ष कुञ्जमा कुमाईंका अनुसार वडा नं ११ मा मात्र ६७ घर बाढी पहिरोबाट बिस्थापित भएका छन् । 

Author

हरिकृष्ण ऐडी